शनिबारको तुलनामा आइतबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम घटे पनि अधिकतम तापक्रम भने स्थिर रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार पनि काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम शनिबारजस्तै १७.५ डिग्री देखिएको हो।
उपत्यकाको न्यूनतम तापक्रम भने शनिबारको तुलनामा आइतबार केही घटेको छ। शनिबार यहाँको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस रहेकामा आइतबार (आज) ४.२ डिग्री सेल्सियस देखिएको महाशाखाले जनाएको छ।
२४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ। बिहान ८:४५ भित्र न्यूनतम तथा साँझ ५:४५ भित्र अधिकतम तापक्रम मापन गरिन्छ।
मौसमविद्का अनुसार समग्रमा देशभर तापक्रम घट्दो र चिसो बढ्दो छ।
177
Shares
प्रतिक्रिया