ad ad

बाइक


कासाका ब्रान्डका मोटरसाइकल नेपालमा, मूल्य कति?

कासाका ब्रान्डका मोटरसाइकल नेपालमा, मूल्य कति?

नेपालखबर
भदौ १८, २०७७ बिहिबार १२:१९,

स्टाइल ट्रेड लाइन कम्पनीले चाइनिज ब्रान्ड कासाकाका डर्ट बाइक भित्र्याएको छ। कासाकाका दुई मोडल कासाका २०० र कासाका २५० नेपाल भित्रिएका हुन्।

नेपाली बजारमा हालै चाइनिज ब्रान्ड कासाकाका डर्ट बाइक भित्रिएका छन्। स्टाइल ट्रेड लाइन कम्पनीले नेपालका लागि चाइनिज ब्रान्ड जायलिङका मोटरसाइकल समेत आधिकारिक रुपमा बिक्री गरिरहेको छ।

कासाका २०० मा एयरकुल्ड, सिङ्गल सिलिण्डर र ४ स्ट्रोकसहित २०० सीसीको इन्जिन जडान गरिएको छ भने कासाका २५० मा सिंगल सिलिण्डर, ४ स्ट्रोक, एयरकुल्ड २२३ सीसीको इन्जिन छ।

कासाका २०० ले ७५०० आरपीएममा १०.५ किलोवाट पावर र ६५०० आरपीएममा १४ एनएम टर्क जेनेरेट गर्छ। साथै बाइककोे अधिकतम गति १०० किलोमिटर प्रतिघण्टा र ग्राउण्ड क्लियरेन्स २९० एमएम रहेको छ।

बाइकमा १२ लिटरको इन्धन ट्यांकी छ। बाइक रातो र सेतो रंगमा उपलब्ध छ। कासाका २०० को मूल्य ३ लाख ९५ हजार रुपैयाँ तोकिएको छ।

कासाकाको अर्को बाइक कासाका २५० को मूल्य ४ लाख १५ हजार रुपैयाँ छ। यसको अधिकतम शक्ति ७५०० आरपीएममा १२ किलोवाट र टर्क ६५०० आरपीएममा १६ एनएम छ।

यसमा साढे १० लिटरको इन्धन ट्यांकी छ। परफर्मेन्सका आधारमा यो बाइकको अधिकतम गति १०५ किलोमिटर प्रतिघण्टा रहेको कम्पनीले बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .