ad ad

राजनीति


वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य सिफारिस गर्ने नेकपा सचिवालयकाे निर्णय

वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य सिफारिस गर्ने नेकपा सचिवालयकाे निर्णय

नेपालखबर
भदौ १८, २०७७ बिहिबार १२:१२,

सत्तारुढ नेकपाको सचिवालय बैठकले राष्ट्रिय सभामा रिक्त सदस्य पदमा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्ने भएको छ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले सो निर्णय गरेको हो।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठकमा सो कुरा जानकारी गराएका थिए।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा प्रधानमन्त्री ओलीले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभाको सदस्यमा सिफारिश गरिनेबारे बैठकलाई जानकारी गराएका थिए।

‘अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपतिज्युबाट मनोनित गरिने राष्ट्रियसभाको एक रिक्त सदस्य पदमा मन्त्रिपरिषद्ले मनोनयनका लागि राष्ट्रपतिसमक्ष सिफरिस गर्ने निर्णयमा सरकार पुगेको जानकारी गराउनु भयो’, बैठकपछि प्रवक्ता श्रेष्ठले भने।

त्यसैगरी प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार कार्यदलको प्रतिवेदनमा बैठकमा छलफल भई ठोस कार्ययोजना बनाई सचिवालय र स्थायी कमिटीमा प्रस्ताव प्रस्तुत गरिने निर्णय समेत भएको छ।

नेकपाको २०७६ फागुन १४ गते बसेको सचिवालय बैठकले गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको थियो। सोहि निर्णयअनुसार नै सो पदमा आफूलाई मनोनयन गर्नुपर्ने जिकिर गौतमले गरेका थिए।

अर्थमन्त्री डा‍. युवराज खतिवडाको थपिएको कार्यकाल समेत भदौ २० गते सकिँदैछ। रिक्त सदस्य पदमा उनलाई नियुक्त नगरेपछि संसद नरहेको व्यक्ति ६ महिनाभन्दा बढी समय मन्त्री बन्न नपाउने संबैधानिक व्यवस्थाअनुसार अब नयाँ अर्थमन्त्रीको खोजी सुरु हुनेछ।

याे पनि: 
राष्ट्रिय सभा मनोनयन : पहिलो रोजाइमा खतिवडालाई नै राखेका ओलीको यस्तो छ नयाँ रणनीति
राष्ट्रिय सभा सदस्यमा गौतमको अडानले फेरि अप्ठेरोमा ओली
राष्ट्रिय सभामा जाने वामदेवको चाहना : होला त पार्टी निर्णयको कार्यान्वयन?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .