ad ad

अपराध


पैसा नदिए एसिड हान्छु भन्दै महिलालाई दु:ख दिने युवक समातिए

पैसा नदिए एसिड हान्छु भन्दै महिलालाई दु:ख दिने युवक समातिए

नेपालखबर
साउन १०, २०७९ मंगलबार १९:१७, काठमाडौँ

प्र्यांक भिडिओ बनाउने नाममा महिलालाई एसिड छ्यापिदिन्छु भन्दै दु:ख दिने एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ।

प्र्यांकका नाममा भिडिओ खिचेर महिलालाई सार्वजनिक स्थानमा तनाव दिएको भिडिओको चर्को आलोचना भएपछि प्रहरीले ती युवकलाई समातेको हो। 

नेपाल प्रहरीको साइबर ब्यूरोले पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका-३ गिरुबारी टोल बस्ने २६ वर्षीय प्रदीप उपनामका पूर्णचन्द्र भुसाललाई मंगलबार पक्राउ गरेको हो।  

ब्युरोका प्रहरी उपरीक्षक पशुपति कुमार रायका अनुसार उनलाई विद्युतीय कारोबार ऐनअनुसार नवलपरासी प्रहरीको सहयोगमा पक्राउ गरी जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ। 

अदालतको अनुमतिमा भुसाललाई सात दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको रायले जानकारी दिएका छन्। 

'उनी बदमास केटा' नाम राखिएको युट्युब च्यानल चलाउने भुसालले हालै भाइरल भएको एक भिडिओमा बाटोमा हिँडिरहेकी महिलालाई, ‘साथमा भएको पैसा, मोबाइल, गहना नदिए एसिड हानिदिन्छु’ भन्दै तर्साएका थिए।

उनले त्यसो भन्दा ती महिला एकदमै डराएकी थिइन्। प्र्यांकका नाममा महिलामाथि भएको उक्त ज्यादतीलाई लिएर सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .