झापाको मेचीनगर नगरपालिका–६ बाट १ जना र बिर्तामोड नगरपालिका–५ बाट ३ जनालाई प्रहरीले प्रतिबन्धित लागुऔषधसहित पक्राउ गरेको छ। मंगलबार अपराह्न साढे ४ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकारभिट्टाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका रामेछाप नगरपालिका–८, रामेछापका ३० वर्षीय विजय लामालाई शंका लागी चेकजाँच गर्दा ७५ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।
यसैगरी इलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्युरो काँकारभिट्टाको प्रहरी टोलीले चेकजाँचका क्रममा बिर्तामोड–५ बाट माई नगरपालिका–२ इलामका २२ वर्षीय केवीन्द्र गोले, २७ वर्षीय गोम्बु दोर्जे गोले र फाल्गुनानन्द गाउँपालिका–५ पाँचथरका ३२ वर्षीय सन्त लिम्बुलाई लागुऔषधसहित पक्राउ गरेको छ। उनीहरूको साथबाट १३ ग्राम ब्राउन सुगर बरामद गरिएको छ। उनीहरूबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Shares
प्रतिक्रिया