ad ad

अपराध


पल शाहको मुद्दामा उच्च अदालत पोखरामा आज सुनुवाइ हुँदै

पल शाहको मुद्दामा उच्च अदालत पोखरामा आज सुनुवाइ हुँदै

नेपालखबर
फागुन १४, २०७९ आइतबार ८:२४, काठमाडौँ

अभिनेता पल शाहले जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध आफूलाई सफाइ माग गर्दै उच्च अदालत पोखरामा दिएको रिट निवेदनमा आज सुनुवाइ हुँदै छ। 

नाबालिगलाई जबर्जस्ती करणी गरेको मुद्दामा सफाइ दिए पनि जिल्ला अदालत नवलपुरले बाल यौन दुरुपयोग कसुरमा पलविरुद्ध साढे २ वर्षको कैद सजाय सुनाएको छ।

सो फैसलाविरुद्ध सफाइ पाउनुपर्ने माग गर्दै पलले उच्च अदालतमा पुनरावेदन गरेका हुन्। 

उता सरकारी वकिलले पनि उनलाई जबर्जस्ती करणी मुद्दामा सफाइ दिन नमिल्ने दाबी गर्दै उच्च अदालत पोखरामा रिट निवेदन हालेका छन्। आज दुवै निवेदनलाई सँगै राखेर उच्च अदालत पोखराले सुनुवाइ गर्ने भएको हो। 

पलका अधिवक्ता कमलामोहन वाग्लेले आफूहरू पेसी सार्ने पक्षमा नरहेको बताएका छन्। 

हाल पल शाह तनहुँ जिल्ला कारागारमा छन्। तनहुँ जिल्ला अदालतले भने पललाई सफाइ दिइसकेको छ।

२०७८ फागुन ११ गते उनीविरुद्ध जिल्ला अदालत तनहुँमा जाहेरी परेको थियो। त्यसको चार दिनपछि जिल्ला प्रहरी कार्यालय तनहुँमा पल शाहले आत्मसमर्पण गरेका थिए। पछि नवलपुर जिल्लामा पनि जाहेरी परेको थियो। तर फैसला नवलपुर अदालतले पहिले गर्‍यो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .