माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’की आमा गोली लाग्दा घाइते भएकी छन्।
वर्षमानकी आमा तिर्थमालीलाई नातिले बोकेको बन्दुक पड्किँदा गोली लागेको हो।
शुक्रबार राति साढे ९ बजे बालुवाटरस्थित वर्षमानका दाइको घरमा बसिरहेको बेला प्रहरी सहायक हवलदारसमेत रहेका प्रकाश पुनमगरले बोकेको पेस्तोल पड्किएको थियो।
प्रकाश कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुरक्षा टिममा खटिएका सहायक हवलदार हुन्।
गोली लागेपछि घाइते तिर्थमालीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
गोली हान्ने नियतले नभई दुर्घटनावश पेस्तोल पड्किएको प्रहरी स्रोतको दाबी छ। यद्यपि, घटनाबारे अनुसन्धान जारी छ।
स्रोतका अनुसार पेस्तोल पड्किएपछि प्रकाश राति नै आत्तिएर भागेका थिए। शनिबार बिहान उनी आफैँले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्।
नेता वर्षमान उपचारको क्रममा चीनमा छन्।
3.3k
Shares
प्रतिक्रिया