प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग अहिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बालुवाटारमा भेटवार्ता गरिरहेका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार यो खबर तयार पार्दासम्म तीन दलका शीर्ष नेताबीच प्रधानमन्त्री निवासमा भेटवर्ता भइरहेको आधा घण्टा भइसकेको छ।
उनीहरूबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भइरहेको बताइएको छ।
111
Shares
प्रतिक्रिया