ad ad

अपराध


नक्कली शरणार्थी प्रकरण : म्याद सकियो, सकिएन अनुसन्धान

१४ अभियुक्तलाई आज एकसाथ अदालत लगिँदै
नक्कली शरणार्थी प्रकरण : म्याद सकियो, सकिएन अनुसन्धान

सरकारी वकिलको कार्यालय लाँदै गर्दा अभियुक्त पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, उनको यो हाउभाउबारे विभिन्न टिप्पणी भइरहेका छन्।


नेपालखबर
जेठ ३, २०८० बुधबार ९:२५, काठमाडौँ

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका चौधै जनालाई प्रहरीले आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउने भएको छ।

उक्त प्रकरण अनुसन्धान गर्न अहिलेसम्म समातिएका सबै (१४ जना) का लागि लिइएको म्याद आज सकिने भएकाले पुनः म्याद थपका लागि प्रहरीले उनीहरूलाई अदालत पेस गर्न लागेको हो। 

अहिलेसम्म उक्त प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, खाँण गृहमन्त्री हुँदाका गृहसचिव टेकनारायण पाण्डे, तत्कालीन निजी सचिव नरेन्द्र केसी, टोपबहादुरका छोरा सन्दीप रायमाझी, कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका छन्। यसैगरी बिचौलियाहरु केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, रामशरण केसी र गोविन्द चौधरी पनि पक्राउ परेका छन्। 

यीमध्ये पूर्वसांसद शेर्पाबाहेक अरू सबैको बयान सकिएको छ।

आज शेर्पासँग बयान लिने तयारी छ।

जसले गर्दा अदालतमा मुद्दा बुझाउन अझै केही दिन लाग्ने काठमाडौं प्रहरी परिसर स्रोतले बतायो। 

सरकारी वकिलको कार्यालयका प्रमुख अच्यूतमणि नेउपानेले प्रहरीसँग थप सल्लाह गरेर के कसरी अगाडि बढ्ने भन्ने विषयमा निर्णय गरिने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .