ad ad

अपराध


ललिता निवास जग्गा प्रकरणमा पक्राउ पर्नेको संख्या १९ पुग्यो

ललिता निवास जग्गा प्रकरणमा पक्राउ पर्नेको संख्या १९ पुग्यो

नेपालखबर
साउन ७, २०८० आइतबार १३:३, काठमाडौँ

बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा पक्राउ पर्नेको संख्या १९ पुगेको छ। 

तत्कालीन मालपोत कार्यालयका कर्मचारी अरुणकुमार श्रेष्ठ आइतबार पक्राउ परेको प्रहरीका केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एसएसपी दिनेशकुमार आचार्यले जानकारी दिए। 

उनलाई सीआईबीले जोरपाटीस्थित घरबाटै पक्राउ गरेको हो। सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउत छुटेपछि अहिले १९ जना हिरासतमा छन्। 

सचिव राउतलाई छाड्न शुक्रबार सर्वोच्चले आदेश दिएको थियो।

तर हिरासतमुक्त गर्न माग गरेका भाटभटेनी सञ्चालक मीनबहादुर गुरुङसहित ३ जनाको रिट भने खारेज गरिदिएको थियो। 

यस्तै यसअघि पक्राउ नगर्न भनी १७ जनाको नाममा जारी अन्तरिम आदेश पनि सर्वोच्चले खारेज गरिदिएको छ। अब प्रहरीले उनीहरुलाई पनि पक्राउ गर्नसक्छ। 

सीआईबीले उनीहरुलाई किर्ते र संगठित अपराधको कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ। यो कसुरमा ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ। असार १२ गते देखि पक्राउ परेकाविरुद्ध गत शुक्रबार थप ५ दिन म्याद थप भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .