ad ad

कारोबार


‘गोदावरी फूलको प्रर्दशनी’ कार्तिक पहिलो साता

‘गोदावरी फूलको प्रर्दशनी’ कार्तिक पहिलो साता

नेपालखबर
असोज २८, २०७६ मंगलबार ९:३२,

‘१३ औँ गोदावरी फूलको प्रर्दशनी’ ललितपुरमा हुने भएको छ।

नेपालीहरुको दोस्रो ठूलो चाड तिहारलाई लक्षित गरेर फ्लोरिकल्चर एशोसिएशन, नेपालले आगामी कार्तिक १ गतेदेखि ४ गतेसम्म ललितपुरको जावलाखेलस्थित खेल मैदानमा सो प्रर्दशनी आयोजना गर्न लागेको हो।

गोदावरी फूलको व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यका साथ सो मेला आयोजना गर्न लागिएको एशोसिएशनका उपाध्यक्ष एवम् प्रर्दशनी आयोजक समितिका संयोजक शिवबहादुर खड्काले जानकारी दिए। ‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरी’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको सो प्रर्दशनीमा ४९ वटा प्रर्दशनी कक्षहरु रहनेपनि एशोसिएशनले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ।

प्रर्दशनीमा यस सिजनमा फूले सयपत्री, मखमली तथा अन्य सिजनल फूल विरुवा समेत समावेश गरिनेछ। नेपालको ४३ जिल्लामा पुष्पखेतीको विस्तार भईसकेको पनि एशोसिएशनले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .