सेयबजार आज दोहोरो अंकले घटेको छ।
बजार परिसूचक नेप्से १६.९७ अंकले र सेन्सिटिभ सूचक १.५० अंकले ओरालो लागेको हो।
आजको कारोबारमा २ सय २२ कम्पनी सामेल भएका छन्।
नेपाल स्टक एक्सचेन्जका अनुसार दिनभरिमा ४६ हजार १ सय ८३ पटकको खरिदबिक्रीमा चार अर्ब ५८ करोड ५८ लाख रुपैयाँको कारोबार भएको हो।
आज विकास बैंक समूह र माइक्रोफाइनान्स समूहको मात्रै सूचक हरियो छ। बाँकी ११ समूहको कारोबार सूचक राताम्य छन्।
आज कमाउने लगानीकर्ताको हातमा प्रतिकित्ता ३.५७ प्रतिशतसम्म मात्रै परेको छ भने गुमाउनेले ५.४५ प्रतिशतसम्म गुमाएका छन्।
बजारमा बुधबार ४३ करोडको अधिकतम कारोबार भएको छ।
27
Shares
प्रतिक्रिया