ad ad

कारोबार


नागढुंगा सुरुङमार्ग निर्माण औपचारिक रुपमै सुरु, प्रधानमन्त्रीबाट शिलान्यास

नागढुंगा सुरुङमार्ग निर्माण औपचारिक रुपमै सुरु, प्रधानमन्त्रीबाट शिलान्यास

प्रविन कोइराला
कात्तिक ४, २०७६ सोमबार ८:३५,

संघीय राजधानी प्रवेश गर्ने मुख्य नाका नागढुंगामुनि निर्माण हुने सुरुङमार्गको आज प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका छन्। आगामी साढे तीन वर्षमा सम्पन्न हुने सुरुङमार्ग जापान सरकारको सहुलियत ऋणमा निर्माण हुनलागेको हो।

यसको निर्माणको ठेक्का जापानी हाज्मारआन्दो कर्पोरेसनले पाएको छ। कम्पनीसँग यसअघि नै सम्झौता भएपछि आइतबारदेखि औपचारिक रुपमा काम सुरु भएको हो। सुरुङमार्ग निर्माणको लागि २२ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ। यसमध्ये १६ अर्ब रुपैयाँ जापानले सहुलियत ऋण प्रदान गर्ने र छ अर्ब रुपैयाँ नेपालले आन्तरिक स्रोतबाट जुटाउनेछ।

surungmarga nag 7

नेपालले जापानलाई शून्य दशमलव ०१ प्रतिशत मात्रै ब्याज तिर्ने सम्झौता भएको सडक विभागले जनाएको छ।

कस्तो हुनेछ सुरुङमार्ग?
उक्त परियोजनाको डीपीआरअनुसार सुरुङमार्ग थानकोटस्थित किसिपढी खोल्सीदेखि धादिङको सिस्नेखोलासम्म निर्माण हुनेछ। यसको लम्बाइ २ दशमलव ७ किमिको हुनेछ।

NagdhungaTunnel

पश्चिमतर्फ ५ सय ६५ मिटरको एप्रोच लिङ्क सडक र पूर्वतर्फ २ हजार ३ सय ७ मिटरको सडक निर्माण हुनेछ। सुरुङमार्गको क्यारिज वे ९ दशमलव ५ मिटरको हुनेछ। दुईवटा लेन हुनेछन्। सतुङगलबाट सुरुङमार्गको प्रवेशमार्गसम्म पुग्नका लागि दुईवटा फ्लाई ओभर निर्माण हुनेछ। सातवटा साना पुल र ११ वटा बक्स कल्भर्ट निर्माण हुने हुने डीपीआरमा उल्लेख छ।

surungmarga nag 1

सिस्नेखोलातिर ४४ रोपनीमा सर्भिसिङ स्टेसन, चमेना गृह, फ्युल स्टेसन, रिफ्रेसमेन्ट सेन्टर, स्थानीय उत्पादित सामग्रीहरु प्रदर्शन गर्ने स्थललगायतका संरचना निर्माण हुनेछ। सुरुङमार्गको प्रवेश मार्ग छेउमा मेन्टिनेन्स बिल्डिङ समेत बन्नेछ। यसले सुरुङमार्ग मर्मत र कुनै समस्या आए त्यसको समाधान गर्नेछ।

surungmarga nag 2

सडक जामबाट मुक्ति
उक्त सुरुङमार्ग निर्माणपछि सडक जामको मुख्य समस्याबाट मुक्ति मिल्नेछ भने सवारीसाधनको इन्धन खपत पनि घट्नेछ। यसले इन्धन खर्च र समयको समेत बचत हुनेछ।

शिलान्यास कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, नेपालका लागि जापानी राजदूत, जाइकाका प्रतिनिधिको समेत सहभागिता रहेको थियो ।

surungmarga nag 5

surungmarga nag 4

surungmarga nag 8

surungmarga nag 9

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .