ad ad

राजनीति


प्रधानमन्त्री ओली उपमहासचिव कनेमबीच शिष्टाचार भेट

प्रधानमन्त्री ओली उपमहासचिव कनेमबीच शिष्टाचार भेट

नेपालखबर
कात्तिक ४, २०७६ सोमबार ९:३,

प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्रसंघका उपमहासचिव डा. नतालिया कनेमलले शिष्टाचार भेटवार्ता गरेकी छन्।

उपमहासचिव डा. कनेम राष्ट्रसंघीय जनसङ्ख्या कोष (युएनएफपीए)का कार्यकारी निर्देशकसमेत छन् ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसित उपमहासचिव डा. कनेमले शिष्टाचार भेटवार्ता गरेकी हुन्। युएनएफपीए कार्यकारी निर्देशक तथा उपमहासचिव डा कनेम नेपालको दुईदिने औपचारिक भ्रमणमा आइतबार नेपाल आइपुगेकी हुन्।

सन् २०१७ मा यूएनएफपीएको कार्यकारी निर्देशक पदमा नियुक्त भएकी डा. कनेम पहिलोपटक नेपाल भ्रमणमा आएकी हुन्। उनका साथमा एशिया र प्रशान्तका लागि युएनएफपीएका क्षेत्रीय निर्देशक वियोन एन्डरसन र युएनएफपीएका चिफ अफ स्टाफ पियो स्मिथ पनि छन्। सो भेटमा यहाँस्थित युएनएफपीएका देशीय निर्देशक लुम्ना बाक्वीको सहभागिता थियो।

यस वर्ष युएनएफपीएको ५० औँ वार्षिकोत्सव तथा जनसंख्या र विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (आईसीपीडी) को २५औँ वार्षिकोत्सव मनाइँदैछ। सन् १९९४ इजिप्टको कायरोमा सम्पन्न आर्इसीपीडीको कार्ययोजना कार्यान्वयनमा नेपालले गरेको प्रतिबद्धताअनुसार हालसम्म गरेको उपलब्धिसँग साक्षात्कार हुन डा. कनेमसहितको टोली उच्चस्तरीय भ्रमणमा नेपाल आएको हो।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापासित आइतबार युएनएफपीएका कार्यकारी निर्देशक डा नतालिया कनेमले सोमबार भेटवार्ता गर्नुभएको थियो। नेपालले सन् १९७१ देखि युएनएफपीएसँगको आर्थिक एवम् प्राविधिक सहयोगमा यौन तथा प्रजनन् स्वास्थ्य, परिवार व्यवस्थापन, लैंगिक समानता र मानवअधिकार, युवा सहभागिता, बालविवाह अन्त्य, महिला हिंसा अन्त्य, जनसंख्या व्यवस्थापन र विपद्मा मानवीय सहयोगलगायतका क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .