सुनको मूल्य बढेको छ।
शुक्रबारको तुलनामा आज आइतबार छापावाल सुन प्रतितोला १ सय रुपैयाँ महंगिएको हो।
शुक्रबार छापावाला सुन ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
आज प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको हो।
त्यस्तै चाँदीको मूल्य पनि बढेको छ।
शुक्रबार १ हजार १ सय ७० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भएको हो।
15
Shares
प्रतिक्रिया