ad ad

कारोबार


सानिमा बैंकद्वारा १७ प्रतिशत बोनस सेयर प्रस्ताव

सानिमा बैंकद्वारा १७ प्रतिशत बोनस सेयर प्रस्ताव

नेपालखबर
कात्तिक १५, २०७८ सोमबार १५:१९, काठमाडौँ

सानिमा बैंक लिमिटेडले हालको चुक्ता पुँजीको १७ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ।

बैंकले आफ्नो १७ औं वार्षिक साधारण सभाका अवसरमा सो प्रस्ताव गरेको हो।

बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पुँजीको १७ प्रतिशत बोनस सेयर र ०.८९४७ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ।

कोभिड १९ भाइरसको संक्रमणलाई ध्यानमा राख्दै सुरक्षा सावधानीका उपायहरु अपनाइ सेयरधनीहरुको उपस्थितिमा बैठक सम्पन्न गरेको बैंकले जनाएको छ। साथै अधिकतम सेयरधनीहरुको उपस्थितिको लागि भर्चुअल माध्यमको व्यवस्था पनि गरिएको थियो। 

संस्थापक समूहको तर्फबाट सञ्चालक समितिमा तुक प्रसाद पौडेल, गायत्री थापा र डा. केशव प्रसाद आचार्य १७ औं वार्षिक साधारणसभाबाट सर्वसम्मत रुपमा निर्वाचित भएका छन्। तुक प्रसाद पौडेल र गायत्री थापा भने पुःननिर्वाचित भएका हुन्।

आर्थिक वर्ष २०७७/८ मा रु. २.३२ अर्ब खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति रु. १६०.७५ अर्ब, कुल निक्षेप रु. १३०.८८ अर्ब तथा खुद कर्जा सापटी रु १२३.१७ अर्ब रहेको छ।

आर्थिक वर्ष २०७६/७७ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमश १८.८८, ३१.४५ र २७.२६ प्रतिशतले बृद्धि गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .