ad ad

कारोबार


‘१६ प्रतिशत सन्दर्भ ब्याजदर लागू गर्न नसक्ने सहकारी बन्द गरे हुन्छ’

‘१६ प्रतिशत सन्दर्भ ब्याजदर लागू गर्न नसक्ने सहकारी बन्द गरे हुन्छ’

नेपालखबर
कात्तिक २९, २०७६ शुक्रबार १२:१४,

भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव सूर्य प्रसाद गौतमले १६ प्रतिशत सन्दर्भ ब्याजदर लागू गर्न नसक्ने सहकारीलाई आफ्नो संस्था बन्द गर्न सुझाव दिएका छन्।

काठमाडौंमा सहकारी पत्रकार समाज र सहकारी विभागको संयुक्त आयोजनामा भएको सन्दर्भ ब्याजदर कार्यान्वयको अवस्थाको विषयमा भएको छलफल कार्यक्रमा उक्त कुरा बताएका हुन्।

सचिव सूर्य प्रसाद गौतमले सहकारी संस्था धेरै नाफा कमाउने संस्था नभएकाले धेरै ब्याजदर खोज्न नहुने बताए। सहकारी संस्थागत साहु हुन खोजेकाले १६ प्रतिशत सन्दर्भ ब्याजदर लागू गरेको उनको भनाइ छ।

‘ब्याजदर सहकारीका संस्थाका सदस्यको हितमा हुनुपर्छ न कि सदस्यको घर जग्गा उठिबास गर्नको लागि’, उनले भने, ‘१६ प्रतिशत सन्दर्भ ब्याजदर कार्यान्वयन गर्न सक्दिन भन्नेले सहकारी संस्था बन्द गरी अरु उद्योग चलाए हुन्छ।’

सरकारले सहकारीहरुको लागि साउन १९ गतेदेखि लागू गरेको १६ प्रतिशत सन्दर्भ ब्याजदर लागू भएरै छाड्ने जिकिर गरे। उनले ब्याजदर समय–समयमा परिवर्तन हुन सक्ने भन्दै पहिला कार्यान्वयन हुने बताए।

उनले सहकारी विभागलाई १६ प्रतिशत सन्दर्भ ब्याजदर लागू नगरेका सहकारीलाई कारबाही गर्न निर्देशन दिएको बताए। सन्दर्भ ब्याजदर लागू नगर्ने सहकारीलाई कारबाही गर्ने बताए।

कार्यक्रममा सहकारी विभागका उप–रजिस्ट्रार शशि कुमार लम्सालले सरकार र सहकारी अभियान मिलेर सन्दर्भ ब्याजदर तोकेकाले अहिले विरोध गर्नु उपयुक्त नभएको बताए।

‘सहकारीले आफ्ना सदस्यलाई उद्यमशीलता बनाउन जोड दिनुपर्छ। अहिले केही सहकारीले सदस्यलाई ऋण ट्रयापमा पार्न खोजेका छन्’, लम्सालले भने, ‘त्यसैले १६ प्रतिशत सन्दर्भ ब्याजदर ठीक छ। त्यसको कार्यान्वयन कस्तो छ विभागले अनुगमन गरिरहेको छ।’

नेफ्स्कुनका अध्यक्ष डीबी बस्नेतले आफूहरुले छ सय सहाकारीमा अनुगमन गरेको बताए। ‘अनुगमन गर्दा सबैले १६ प्रतिशतभन्दा कम ब्याजदरमा नै ऋण लगानी गरेको पाइयो’, उनले भने, ‘पुरानो बचत तथा ऋणलाई १६ प्रतिशत सन्दर्भ ब्याजदरमा ल्याउन नसके पनि नयाँ ऋणमा १६ प्रतिशत ब्याजदर लागू गर्न गाह्रो हुँदैन।’

तर सहकारी व्यवसायीहरुले पर्याप्त अध्ययनविना सन्दर्भ ब्याजदर लागू गरेकोले कार्यान्वयन गर्न गाह्रो भएको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .