ad ad

कारोबार


सेयरबजार निरन्तर ओरालो लाग्दै, कारोबार रकम पनि घट्यो

सेयरबजार निरन्तर ओरालो लाग्दै, कारोबार रकम पनि घट्यो

नेपालखबर
मंसिर ३, २०७६ मंगलबार १०:१४,

सेयरबजारमा आज पनि गिरावट आएको छ। साताको तेस्रो कारोबार दिन नेप्से सूचक १.१४ अंकले घटेको हो।

तर ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक शून्य दशमलव ३१ अंकले बढेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार १ सय ६३ कम्पनीको कारोबार भएकामा मंगलबार १० लाख कित्ता सेयर बिक्री भएको छ। दिनभरिमा ४ हजार २ सय ४७ पटकको खरिदबिक्रीबाट २५ करोड ९३ लाखको कारोबार भएको छ।

कुल १२ समूहको कारोबार भएकामा आज वाणिज्य बैंक, ऊर्जा, फाइनान्स, निर्जीवन बीमा, माइक्रोफाइनान्स र जीवन बीमाको सूचक घटेको छ। व्यापार, होटल, विकास बैंक, उत्पादन, अन्य र म्युचुअल फन्डको कारोबार सूचक भने बढेको नेप्सेले जनाएको छ।

आज सेयरबजारमा सबैभन्दा बढी एनएमबी बैंकको करोड २० लाखको कारोबार भएको छ भने एनएमबी बैंक प्रोमोटर सेयरको पनि २ करोड ४ लाखको कारोबार भएको छ। त्यस्तै, नेपाल बैंकको १ करोड ८७ लाखको कारोबार भएको छ। कमाउने कम्पनीमा भने आज पनि साल्ट ट्रेडिङ नै अगाडि छ। कम्पनीका लगानीकर्ताले १० प्रतिशत अर्थात् प्रतिकित्ता १ सय १४ रुपैयाँ कमाएका छन्। त्यस्तै, घोडीघोडा लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ९.८५ प्रतिशत अर्थात् ४७ रुपैयाँ आर्जन गरेका छन्।

त्यस्तै, नेपाल हाइड्रो डेभलपर्स लिमिटेडका सेयरधनीले पनि ९.३८ प्रतिशत, ङादी ग्रुप पावर लिमिटेडका सेयरधनीले ९.१८ प्रतिशत, युनिभर्सल पावर कम्पनीका सेयरधनीले ५.७१ प्रतिशत आम्दानी गरेका छन्।

गुमाउने कम्पनीमा भने सिन्धु विकास बैंक अगाडि छ। कम्पनीका लगानीकर्ताले ७.९४ प्रतिशत अर्थात् प्रतिकित्ता १० रुपैयाँ गुमाएका छन्। त्यस्तै, अरुण कावेली पावर लिमिटेडका सेयरधनीले ४.८० प्रतिशत, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टका सेयरधनीले ४.०८ प्रतिशत गुमाएको नेप्सेले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .