ad ad

राजनीति


जर्मनीस्थित गैरआवासीय नेपालीद्वारा सीमा अतिक्रमणको विरोध

जर्मनीस्थित गैरआवासीय नेपालीद्वारा सीमा अतिक्रमणको विरोध

नेपालखबर
मंसिर ३, २०७६ मंगलबार १०:१८,

विभिन्न देशमा रहेका गैरआवासीय नेपालीले भारतद्वारा नेपाली सीमा अतिक्रमणको विरोध कार्यक्रम जारी राखेका छन्।

सोही क्रममा मंगलबार जर्मनीको फ्रयांकफर्टमा गैरआवासीय नेपाली संघलगायत विभिन्न नेपाली संघसंगठनले संयुक्तरुपमा प्रदर्शन गरेको गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले सामाजिक सञ्जाल ट्विटरमार्फत् जानकारी दिएका छन्।

यसअघि बेलायतलगायत विभिन्न मुलुकमा रहेका नेपालीहरुले सीमा अतिक्रमणको विरोध गरेका थिए।

भारतले हालै सार्वजनिक गरेको उसको नयाँ राजनीतिक नक्शामा कालापानीस्थित नेपाली भूभागलाई समेत आफ्नो नक्शामा समावेश गरेपछि देश भित्र र बाहिर त्यसको विरोध भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .