ad ad

कारोबार


साउदी र युएइले भारतमा ७० अर्ब डलरको इन्धन प्रशोधन परियोजना शुरु गर्दै

साउदी र युएइले भारतमा ७० अर्ब डलरको इन्धन प्रशोधन परियोजना शुरु गर्दै

नेपालखबर
मंसिर १२, २०७६ बिहिबार ११:३०,

साउदी अरेयिबा र युनाइटेड अरब इमिरेट्स (युएई) ले भारतको महाराष्ट्रमा ७० अर्ब डलरको इन्धन प्रशोधन परियोजना शुरु गर्नेबारे छलफल गरेका छन्। यो परियोजनाबाट साउदी र इमिरटी दुवैतर्फको कच्चा तेललाई प्रशोधन गरि प्रतिदिन ६००,००० ब्यारेल भारतीय बजारमा आपूर्ति गर्ने उनिहरुको योजना छ। एक ब्यारेलमा १५९ लिटर हुन्छ।

साउदी राजकुमार मोहम्मद विन सल्मान र अबु धावीका राजकुमार मोहम्मद विन जायद अल नह्यानबीच बुधवार बेलुका युएईमा भएको भेटपछि त्यसलाई थप विस्तार गर्ने निर्णय भएको अन्तर्राष्ट्रिय सञ्चार एजेन्सी एपीले जनाएको छ। 

सो बैठकपछि जारी वक्तव्यका अनुसार ती दुई पक्षले यस परियोजनाबारे सन् २०१८ मा पहिलोपटक छलफल गरेका हुन् । शुरुमा ४४ अर्ब डलरको परियोजनालाई थप विस्तारित गरिएको हो। 

साउदी एरमको र एडिएनओसी लगायतका कम्पनीहरुको संयुक्त लगानीमा शुरु हुने सो परियोजनाका लागि जग्गाप्राप्ति लगायतका काम शुरु हुन बाँकी नै रहेको एपीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .