ad ad

खेल


साग पुरुष भलिबलः उपाधि दाबेदार भारतको सहज जित

साग पुरुष भलिबलः उपाधि दाबेदार भारतको सहज जित

नेपालखबर
मंसिर १२, २०७६ बिहिबार ११:२३,

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बिहीबार दिउँसो भएको समूह एको खेलमा बंगलादेशमाथि भारतले ३–० को सोझो सेटमा जित हात पारेको हो। योसँगै भारतको सेमिफाइनल सम्भावना बलियो बनेको छ।

भारतले बंगलादेशमाथि २५–१८, २५–१४, २५–१५ को जित हात पारेको हो। यो खेलसँगै भारतले एक खेलबाट ३ अंक जोडेको छ।

भारतसँग पराजयको बाबजुद बुधबार भएको पहिलो खेलमा नेपाललाई ३–२ को सेटमा पराजित गरेको बंगलादेशको २ अंक छ। समूह तालिकामा बंगलादेश भारतपछि दोस्रो स्थानमा छ।

बंगलादेशको सेमिफाइनलमा पुग्ने समिकरण भने शुक्रबार हुने नेपाल र भारतबीचको खेलले निर्धारण गर्नेछ। उक्त खेलमा नेपाल भारतसँग सोझो सेटमा पराजित भएमा बंगलादेश सोझै अन्तिम चारमा पुग्नेछ।

नेपालले जितेमा भारतसहित नेपाल वा खेल ५ सेटमा लम्बिएमा नेपाल र बंगलादेशमध्ये एक टिम अंकका आधारमा सेमिफाइनलमा पुग्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .