ad ad

कारोबार


नेपालले सुरू गरेकाे एकल विन्दु सेवामा चीनले प्रश्न उठायाे

नेपालले सुरू गरेकाे एकल विन्दु सेवामा चीनले प्रश्न उठायाे

नेपालखबर
मंसिर १३, २०७६ शुक्रबार १३:३,

चिनियाँ राष्ट्रपति सी चिनफिङकाे नेपाल भ्रमणका क्रममा भएको सम्म्झौता कार्यान्वयन गर्न बनेको समितिको पहिलो बैठक काठमाडौंमा शुक्रबार बसेको छ। 

नेपाल–चाइना इन्भेष्टमेन्ट कोअपरेसन वर्किङ ग्रुप (नेपाल चीन लगानी सहयाेग कार्यदल)को बैठक आज अर्थ मन्त्रालयमा बसेको हो।

उक्त बैठकको नेपालको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले नेतृत्व गरेका थिए भने चीनको तर्फबाट डिपार्टमेन्ट अफ आउट वर्ड इन्भेष्टमेन्ट कोअपरेसनका डाइरेक्टर हाङ योङले गरेका थिए।

उक्त बैठकमा कुनै हस्ताक्षर नगरे पनि महत्वपूर्ण विषयमा छलफल भने गरेको थियो। चीनका राष्ट्रपति सी नेपाल आउँदा भएको सम्झौताको लागि चीनको लगानी ल्याउन र त्यसको कार्यान्वयन गर्ने विषयमा छलफल भएको थियो।

त्यसमा चीनले अहिले नेपालले सुरु गरेको एकल विन्दु सेवाको प्रभावकारितामाथि प्रश्न उठाएको थियो। उद्योग तथा लगानी ल्याउनको लागि उद्योग विभागमा रहेको एकल विन्दु सेवाले प्रभावकारी काम नगरिरहेको भन्दै उनीहरुले प्रश्न समेत गरेका थिए।

लगानी भित्र्याउन अध्यागमनदेखि राष्ट्र बैंकसम्मको सेवा एकै स्थानबाट दिने गरी नेपालले सेवा केन्द्र स्थापना गरे पनि धेरै ठाउँमा अहिले पनि जानुपर्ने बाध्यता रहेको भन्दै चिनियाँ पक्षले प्रश्न उठाएको हो।

त्यस्तै नेपालले भने भिजिट नेपाललाई सफल पार्न टुरिष्ट भिसालाई कसरी फेसिलिटेट गर्ने विषय उठान गरेको थियो। त्यस्तै चीनका राष्ट्रपति नेपाल आउँदा भएको सम्झौतालाई कार्यान्वयन गर्ने विषयहरु समेत छलफल भएको हो। उक्त बैठकमा समावेश एक अधिकारीका अनुसार कुनै विषयलाई पनि कार्यान्वयनमा अघि बढाउने गरी हस्ताक्षर भने भएको छैन।

के छन् चिनियाँ राष्ट्रपति आउँदा भएको सम्झौताहरु ?
सहमतिका बुँदामा राष्ट्रिय योजना आयोगको क्षमता अभिवृद्धिमा लगानी र सहकार्य, छेन्दुमा नेपाली महावाणिज्य दूतावास स्थापना गर्ने, रेलवे निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने लगायतका सहमति भएको थियो।

त्यस्तै परम्परागत औषधिमा सहकार्य गर्न नेपालको स्वास्थ्य र जनसंख्या मन्त्रालय तथा चीनको नेशनल एडमिनिस्ट्रेसन अफ ट्रेडिसनल चाइनिज मेडिसिनबीच समझदारी भएको छ हो। नेपालको गृह मन्त्रालय र चीनको आकस्मिक व्यवस्थापन मन्त्रालयबीच विपद् जोखिम न्यूनीकरण तथा आकस्मिक सेवामा सहकार्य गर्ने समझदारी समेत भएको थियो।

त्यसैगरी काठमाडौं तथा बुटवलको चीनका सहरहरु नाम्जिङ र सियानसँग भगिनी सम्बन्ध कायम गर्ने लगायतका सहमति भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .