ad ad

खेल


इंग्लिस क्लब एस्टन भिल्लाद्वारा नेपाली मूलकी अस्मिता आलेसँग व्यावसायिक सम्झौता

इंग्लिस क्लब एस्टन भिल्लाद्वारा नेपाली मूलकी अस्मिता आलेसँग व्यावसायिक सम्झौता

नेपालखबर
मंसिर १३, २०७६ शुक्रबार १२:५२,

इंग्लिस फुटबल क्लब एस्टन भिल्लाको महिला टिममा नेपाली मूलकी खेलाडी अस्मिता आलेले फुटबलको व्यावसायिक सम्झौता गरेकी छिन्।

यो क्लबसँग भएको आलेको पहिलो व्यावसायिक सम्झौता हो।

उनले आठ वर्षमै क्लबमा आबद्ध भएकी थिइन्। हाल १८ वर्ष पुगेकी उनले क्लबमा आफ्नो भविष्य खर्चिने बताएको एस्टन भिल्लाले जनाएको छ।

‘यो सम्झौताले मलाई उत्साह थपेको छ’, सम्झौतापछि उनले भनेकी छिन्, ‘एस्टन भिल्लामा मैले राम्रो भविष्य देखेकी छु।’

उनी फुटबल खेलमा डिफेन्डर हुन्। सन् २०१७÷०१८ को सिजनमा उनको खेलको फ्यान, खेलाडी र व्यवस्थापनले राम्रै प्रशंसा बटुलेको थियो।

इंग्ल्यान्डको १९ वर्षमुनिको टोलीमा आले नियमित सदस्य रहँदै आएको बताइएको छ। हालसम्म उनले टोलीका लागि ३० खेल खेलिसकेकी छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .