ad ad

कारोबार


म्याद गुज्रेका उद्योगले विलम्ब शुल्क तिरे नवीकरण हुने

म्याद गुज्रेका उद्योगले विलम्ब शुल्क तिरे नवीकरण हुने

नेपालखबर
साउन १०, २०७९ मंगलबार १८:५८, काठमाडौँ

समयमै सञ्चालन हुन नसकेर नवीकरण हुन नसकेका उद्योगहरुको लागि सरकारले बाटो खुलाउने निर्णय गरेको हो।

मन्त्रिपरिषद्को बैठकले राजपत्रमा सूचना प्रकाशित गर्ने निर्णय गरेको छ। 

विलम्ब शुल्क लिएर म्याद थप गर्ने निर्णय औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्डले गरेको गरेको निर्णय अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मन्त्रिपरिषद्ले पुर्याएको थियो। सोही अनुसार मन्त्रिपरिषदले निर्णय गरेको हो। 

मन्त्रिपरिषदको निर्णयमा भनिएको छ, ‘व्यवसायिक उत्पादन वा कारोबार प्रारम्भ गर्ने म्याद थप सम्बन्धी समयभित्र निवेदन दिन नसकी म्याद थप हुन नसकेका तर भौतिक संरचना निर्माण लगायतको कार्य गरिरहेको वा सञ्चालनमा आइसकेका उद्योगले म्याद थपको लागि निवेदन दिएमा उद्योग दर्ता हुने छ।’

त्यसको लागि उद्योग स्थापनाको लागि गर्नुपर्ने निर्माण कार्यलगायतका कामको प्रगति र उद्योगको प्रकृति हेरी प्रचलित कानून बमोजिमको बिलम्ब शुल्क लिई उद्योग दर्ता गर्ने निकायले उद्योग विभागलाई आदेश जारी गरी राजपत्र प्रकाशन गर्ने निर्णय भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .