ad ad

कारोबार


शुक्रबारदेखि मुग्लिङ–नारायणगढ सडक दैनिक चार घण्टा बन्द हुने

शुक्रबारदेखि मुग्लिङ–नारायणगढ सडक दैनिक चार घण्टा बन्द हुने

नेपालखबर
मंसिर २५, २०७६ बुधबार ७:४,

आउँदो शुक्रबारदेखि लगातार १४ दिनसम्म मुग्लिङ–नारायणगढ सडकखण्ड हरेक दिन चार घण्टा बन्द हुने भएको छ।

नारायणगढ–मुग्लिङ सडक आयोजनाले बुधबार सूचना जारी गर्दै पहिरो रोकथामको काम बाँकी रहेका आठ ठाउँमा कामको लागि चार घण्टा सडक बन्द गर्ने जनाएको हो।

शुक्रबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द हुनेछ। उक्त समयमा सवारी आवागमन नहुने सूचनामा जनाइएको छ।

नारायणगढबाट छिर्ने यात्रुवाहक सवारीसाधनहरुलाई पन्ध्र किलो बजारमा र मालवाहक सवारीसाधनलाई दासढुंगामै रोकिने आयोजनाले जनाएको छ।

यस्तै मुग्लिङतर्फ उक्त समयमा यात्रुवाहक सवारीसाधन काठमाडौंबाट आउनेलाई मुग्लिङ बजारमा र पोखराबाट आउनेलाई बेनीटारमा रोकिने जनाइएको छ।

यस्तै, मालवाहक सवारीसाधनमा काठमाडौंबाट आउनेलाई लेवाटारमा र पोखराबाट आउनेलाई आँबुखैरेनीमा रोकिने आयोजनाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .