सुनको मूल्य आज आठ सय रुपैयाँले सस्तो भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आज ९४ हजार र तेजाबी सुन ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको हो।
अघिल्लो दिन भने छापावाल सुन ९४ हजार ८ सय, तेजाबी सुन ९४ हजार ३ सय रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको थियो।
चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेको छ। उक्त दरले घटेर चाँदी प्रतितोला १ हजार १ सय ३० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।
उता अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य घटेको छ। गोल्डप्राइस डट ओआरजीका अनुसार आज सुन प्रतिऔँस १.९३ अमेरिकी डलरले घटेर १ हजार ७ सय २१ दशमलव ५ अमेरिकी डलरमा झरेको छ।
102
Shares
प्रतिक्रिया