काठमाडौं महानगरले त्रिपुरेश्वरमा रहेको युनाइटेड वर्ल्ड ट्रेड सेन्टरको डिजिटल बोर्ड बन्द गराएको छ।
महानगरसँग अनुमति लिएभन्दा ठूलो बोर्ड बनाएर राखेको भन्दै महानगरले बन्द गराएको हो।
काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले अनुमति भन्दा ठूलो साइजमा बनाएकाले हटाउने निर्णय गरिएको नेपालखबरलाई जानकारी दिए।
एसटीआर एडभर्टिजमेन्टले काठमाडौंको त्रिपुरेश्वमा ३५ बाई ५० फिटको डिस्प्ले जडान गरेको छ। कम्पनीले बाहिरबाटै सामग्री आयात गरी यसको जडान गरेको जनाएको छ।
पछिल्लो समय काठमाडौंको त्रिपुरेश्वर, दरबारमार्ग, कलंकी, थापाथली, नयाँ बानेश्वर लगायतका क्षेत्रमा ठूला एलईडी स्क्रिन राखिएको छ।
159
Shares
प्रतिक्रिया