नेपालको निजी लगानीको वायुसेवा कम्पनी बुद्ध एयर स्थापनाको २५ औं वर्ष पूरा गरी २६ वर्षमा प्रवेश गरेको छ।
सोमवार काठमाडौंमा वायुसेवाको २५औँ वर्ष पूरा गरेको अवसरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै बुद्ध एयरले प्रबन्धनिर्देशक वीरेन्द्रबहादुर बस्नेतसँग २५ वर्षको यात्रामा विभिन्न उतारचढाव भोग्नुपरेको बताए।
उनले २५ वर्षको यात्रामा बुद्ध एयर वायुसेवा नियमसम्मत चलेको हुनाले सफलता मिल्दै गएको बताए। बस्नेतले नियमसम्मत रुपमा कम्पनी चल्नसके सफलता पाउन समस्या नहुने बताए। उनले वायुसेवा क्षेत्र ट्रेड नभएर उद्योग भएको बताए। बस्नेतले अझै नयाँ गन्तव्य र अवसरको खोजी भइरहेको बताए। बस्नेतले आगामी दिनमा बुद्ध एयरलाई थप विश्वसनीय बनाउन मेहनतका साथ लागिरहने बताए। उनले रजत महोत्सवसँगै अबको यात्रा गोल्डेन तर्फको हुने बताए। बस्नेतले बुद्धले निकट भविष्यमा ३ एटीआर जहाज थप गर्ने योजना सार्वजनिक गरे।
कोभिडपछि बुद्ध एयरको छलाङ : ९ महिनामै ७ अर्ब ६९ करोड आम्दानी
प्रबन्धनिर्देशक बस्नेतले बुद्ध एयरलाई अबको २५ वर्ष सफलताका साथ अगाडि लानको लागि व्यवस्थापकीय निरन्तरताको लागि पब्लिक कम्पनीमा जानुपर्ने आवश्यक्ता परे जान तयार रहेको बताए। उनले बुद्ध एयर पैसाको लागि पब्लिक कम्पनीमा नजाने भन्दै फण्ड जम्मा गर्नको लागि बुद्ध एयरलाई पब्लिक कम्पनीमा जानुपर्ने आवश्यकता नभएको बताए। उनले हवाइ भाडा महँगो भएको इन्धनको मूल्य र डलरको भाउ बढेको कारण महँगो भएको बताए। बस्नेतले राज्यले तोकेको हवाइ भाडाभन्दा बढी वायुसेवा कम्पनीहरुले लिन नसक्ने बताए। उनले सबै सेवाग्राहीको चित्त बुझाउन समस्या पर्ने बताए। उनले नेपालको आन्तरिक हवाइ उडान भाडा २० वर्ष अगाडिको तुलना गर्दासमेत सस्तो रहेको बताए।
बुद्ध एयरले ११ अक्टोबर १९९७ मा पहिलो व्यवसायिक उडान गरेको थियो। त्यसबेला काठमाडौंबाट माउण्टेन फ्लाइट, पोखरा र विराटनगरका लागि उडान राखिएको थियो। यो वायुसेवाले २५ वर्षअगाडि एउटा जहाजबाट सुरु गरेको हवाइ उडानको यात्रा हाल १६ वटासम्म पुगेको छ। हाल ५६ प्रतिशत बजार हिस्सा ओगटेको यो वायुसेवाले सन् २०२१ मा मात्रै २० लाख ३२ हजार यात्रु उडाएको थियो ।
Shares
प्रतिक्रिया