नेपाली बजारमा आइतबार सुन र चाँदीको भाउमा गिरावट देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको भाउ प्रतितोला एक हजार रुपैयाँले घटेको हो।
यससँगै छापावाल सुनको भाउ प्रतितोला ९३ हजार १ सय रुपैयाँमा झरेको छ भने तेजावी सुन प्रतितोला ९२ हजार ६ सयमा आइपुगेको छ।
आइतबार चाँदीको भाउ पनि प्रतितोला २५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला ११६० रुपैयाँमा कारोबार भइरहेको छ।
75
Shares
प्रतिक्रिया