टीभीएस एनटर्कको भर्जन रेस एक्स्पी सार्वजनिक गरिएको छ। टीभीएस मोटर्सको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले १२५ सीसीको एक्सपी सार्वजनिक गरेको हो।
टीभीएसका ब्रान्ड एम्बेस्डर स्वस्तिमा खड्का र प्रदीप खड्काले अनावरण गरेका छन्।
अपग्रेडेड एन्टर्क ७ हजार आरपीएममा १०.२ पीएस र १०.८ एनएम टर्क जेनेरेट गर्छ। टप स्पिड ९८ किलोमिटर प्रतिघण्टा रहेको छ। स्टार्ट विधी किक र सेल्फ दुवै रहेको छ।
एलईडी हेडल्याम्प रहेको स्कुटरको फिउल ट्यांक ५.८ लिटर रहेको छ।
नयाँ एनटर्क एक्स्पीको मूल्य ३ लाख १५ हजार रुपैयाँ रहेको छ। स्कुटरमा नयाँ फिचर्सको रुपमा भ्वाइस एसिस्ट, रेस एन्ड स्टिट मोड, रेस इन्सपाइड कलर थिम, रेस इन्स्पायर ग्राफिक र कलर ह्वील रहेका छन्।
३ वटा कलरमा उपलब्ध स्कुटरमा ब्लुटुथ कनेक्टीभिटी, आरटी एफआई बीएस ६ इन्जिनमा स्कुटर उपलब्ध रहेको छ।
ब्रान्डएम्बेस्डर प्रदिप खड्काले एन्टर्क एक्सपीमा पावरसँगै माइलेजपनि बढी रहेको बताए। कार्यक्रममा स्वस्तिमा खड्काले आफूले टीभीएसका स्कुटर चढ्दै आएकाले ग्राहकलाई ढुक्क भएर खरिद गर्न आग्रह गरिन्।
सार्वजनिक कार्यक्रममा जगदम्बाका प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालले टीभीएसका दुईपांग्रे ७० वटा देशमा फैलिएको बताउँदै टीभीएस एनटर्क २०१७ देखी नेपाली बजारमा आएको जानकारी दिए।
जगदम्बाका उपाध्यक्ष दीपक रौनियारले टीभीएसले बिक्री मात्रै नभई विक्रीपछिको सर्भिसमा समेत ध्यान दिएको बताए।
भृकुटीमण्डपमा भएको कार्यक्रममा कलाकार प्रताप दास र रचना रिमालले संगीत प्रस्तुत गरी ग्रहाकलाई मनोरञ्जन प्रस्तुत गरेका थिए।
लञ्च कार्यक्रमसँगै जगदम्बा मोटर्सले टीभीएस ग्रेट ग्रान्ड एक्स्चेञ्ज एन्ड फाइनान्स मेला सञ्चालन गरिरहेको छ। असोज ३१ बाट सुरु भएको मेला कात्तिक ५ गतेसम्म चल्ने छ।
एक्स्चेन्ज मेलामा ग्राहकहरुले कुनैपनि ब्रान्डका पुरानो बाइक तथा स्कुटर एक्स्चेन्ज गर्दा आकर्षक छुट तथा उपहार पाउन सक्नेछन्।
दुई पांग्रे सवारी साधन लिँदा बजार मूल्यांकन भन्दा ७ हजार बढी मूल्य पाउँछन्। साथै नकिन्दै १ लाख र किन्दा १० लाखसम्मको नगद छुटको पनि व्यवस्था रहेको छ।
एक्स्चेन्ज मेलामा फाइनान्स सुविधा पनि रहेको छ। जसअन्तरगर्त न्यूनतम २५ प्रतिसत डाउनपेमेन्ट र ४ हजार २७७ को मासिक ईएमआईमा बाइक तथा स्कुटर लिन सकिने कम्पनीले जनाएको छ।
Shares
प्रतिक्रिया