ad ad

कारोबार


अर्घाखाँची सिमेन्ट विदेश निर्यातको लागि तयार

अर्घाखाँची सिमेन्ट विदेश निर्यातको लागि तयार

दीपक भट्ट
पुस १, २०७६ मंगलबार १०:४३,

नेपालमा अहिले सिमेन्ट खपतमा मन्दी आएको छ। उद्योगीहरुको कुरालाई लिने हो भने पछिल्लो समय नेपालको निर्माण क्षेत्र सोचेजसरी अघि बढ्न नसक्दा नेपालको सिमेन्ट खपतमा मन्दी आएको हो।

तर पछिल्लो समय उद्योगहरुको संख्या तथा उत्पादन भने ह्वात्तै बढेको छ। नेपालमा नै रहेका अर्घाखाँची सिमेन्ट उद्योग लगायतले आफ्नो क्षमता विस्तार गरेका छन्। पछिल्लो समय नेपालमा केही चिनियाँ लगानीका सिमेन्ट उद्योगहरु समेत नेपाल भित्रिएका छन्। जसले नेपालको सिमेन्ट मागभन्दा बढी उत्पादन गरिरहेका छन्।

बढी उत्पादन हुँदा उद्योगीहरु भने नेपालको निर्माण क्षेत्रलाई बढी चलायमन बनाउनुपर्ने कुरा नै पहिलो प्राथमिकता हुनुपर्ने बताउँछन्।

arghakhachi cement bh 6

अर्घाखाँची सिमेन्ट उद्योगका सञ्चालक पशुपति मुरारकाले भने, ‘नेपालबाट विदेश निर्यातको सम्भावना त छ नै तर पनि पहिलो प्राथमिकता भनेको देशमा नै बढी खपत गराउनुपर्ने हुन्छ। जुन देशको लागि पनि आवश्यक छ। त्यसपछि मात्रै विदेश निर्यातको विषयमा हामीले सोच्ने हो।’

तर विदेश निर्यातको लागि पनि अर्घाखाँची सिमेन्ट उद्योग भने तयार नै रहेको उनले जानकारी दिए। निकट भविष्यमा निर्यातकै सम्भावनाको करण भैरहवा अर्थात् भारतनजिक उद्योग स्थापना गरिएको उनले जानकारी दिए।

arghakhachi cement bh 5

निर्यात सम्भावनाबारे सञ्चालक मुरारकाले भने, ‘नेपालसँग भारतको सिमाना रहेको पश्चिम बंगाल, विहार र उतर प्रदेशमा सिमेन्ट उद्योगको सम्भावना छैन। जसको कारण नेपालको निर्यातको सम्भावना त्यसकारणले पनि उच्च छ।’

उनले विदेश निर्यातको लागि अर्घाखाँची सिमेन्ट तयार रहेको बताए। तर त्यसमा सरकारको सहयोग आवश्यक रहेको उनको भनाइ छ।

नेपालमा एक किसिमको गुणस्तर मापदण्ड तथा भारतमा अर्को किसिमको हुँदा दुवैतर्फको मापदण्डको प्रक्रिया भने अपनाउन नसकिने उनको भनाइ छ। नेपालको गुणस्तर भारतसँग मिल्ने गरी बनाएमा तत्काल गर्न सकिने उनले बताए।

arghakhachi cement bh 1

कस्तो छ अर्घाखाँची सिमेन्टको गुणस्तर ?
नेपालमा अहिले सिमेन्टलाई ५३ ग्रेडको गुणस्तर मापन गरिन्छ। तर अर्घाखाँची सिमेन्ट भने त्योभन्दा माथिको गुणस्तर रहेको अर्घाखाँची सिमेन्टका अर्का सञ्चालक राजेश अग्रवालको दाबी छ। उनले भने, ‘आफ्नै क्लिंकर उत्पादन छ। आफ्नै चुनढुंगा खानी छ। त्यो पनि उच्चस्तरको ढुंगा रहेको खानी छ।’ त्यसबाट उच्च प्रविधिको उत्पादनले गर्दा अर्घाखाँची सिमेन्ट नेपालकै बढी गुणस्तरयुक्त भएको सिमेन्टको रुपमा अहिले रहेको उनी बताउँछन्।

आफ्नै क्लिंकर उत्पादन रहँदा र आयात गर्दा नै गुणस्तरमा फरक पर्ने उनले दाबी गरे। उनले भने, ‘आयात गर्दा एकरुपको क्लिंकर नआउन पनि सक्छ तर आफैँ उत्पादन गर्दा भने आफूले चाहेको उच्चस्तरको उत्पादन गर्न सकिने भएकाले त्यसबाट बन्ने सिमेन्ट उच्च गुणस्तरको हुन्छ।’

arghakhachi cement bh 4

अर्घाखाँची सिमेन्टको उत्पादन
१० वर्षअघि क्लिंकर उत्पादनको लागि मात्रै उत्पादन सुरु भएको यो उद्योगले २०७१ सालदेखि ओपीसी सिमेन्ट उत्पादन सुरु गरेको थियो। त्यस्तै यही वर्षदेखि पीपीसी सिमेन्ट पनि उत्पादन सुरु गरेको छ। हाल यो उद्योगको उत्पादन क्षमता दैनिक तीन हजार टन क्लिंकर र ६० हजार बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता राख्छ। त्यस्तै कम्पनीले आफूले पनि २ दशमलव ५ मेगावाट विद्युत् उत्पादन सुरु गरेको छ। अहिले कम्पनीलाइ आवश्यक बिजुली पनि सरकारले दिन सकिरहेको छैन। जुन लोडसेडिङको कारण नभई बिजुली लाइनको राम्रो व्यवस्था नहुँदाको समस्या हो।

सञ्चालक मुरारकाका अनुसार उद्योगलाई आवश्यक मात्रामा बिजुली दिनसक्ने क्षमताको ट्रान्सफर्मर जडान नभएकाले उद्योेगले चाहिएजति बिजुली प्राप्त गर्नसकिरहेका छैनन्। ‘यसको व्यवस्थापनका लागि हाम्रो उद्योगले वेष्ट हिट रिकभरी प्रविधिमार्फत २ मेगावाट बिजुली उत्पादन गरी हामीलाई अपुग बिजुलीको जोहो गरिरहेका छौं’, उनले भने।

arghakhachi cement bh 3

उद्योगमा रोजगारी अवस्था
उद्योगमा नै काम गर्ने कर्मचारीहरुको संख्या अहिले ५ सय जना रहेका छन्। उद्योगभन्दा बाहिरका पनि कामदारलाई जोड्ने हो भने कम्पनीमा कुल १ हजार १ सय कर्मचारी कार्यरत छन्।

दक्ष कामदार अहिले पनि भारतबाट ल्याउनुपर्ने बाध्यता भने रहेको कम्पनीको स्वीकारोक्ति छ। उद्योगले अहिले अटोमेसन प्रणालीबाट काम पनि गरिरहेको छ। जसको लागि भारतबाट कामदार ल्याउनुपरेको छ। उद्योग अहिले सामाजिक सुरक्षा कोषमा आबद्ध भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .