ad ad

समाज


चन्द्रागिरिका इट्टाभट्टा पीडितद्वारा माइतीघरमा प्रदर्शन

चन्द्रागिरिका इट्टाभट्टा पीडितद्वारा माइतीघरमा प्रदर्शन

नेपालखबर
पुस १, २०७६ मंगलबार १०:५८,

चन्द्रागिरि नगरपालिकाका स्थानीयहरु त्यस क्षेत्रमा सञ्चालित इट्टा उद्योगहरु हटाउन भन्दै आन्दोलनमा उत्रिएका छन्।

उनीहरुले इट्टा भट्टाका कारण आफूहरुको स्वास्थ्यमा गम्भीर असर पारेकोले त्यस क्षेत्रमा सञ्चालित सबै इट्टा भट्टा हटाउनुपर्ने माग गर्दै सोमबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन्। उनीहरुले २०७२ सालदेखि हटाउन माग गर्दै आएपनि अहिलेसम्म नहटाइएकोले फेरि आन्दोलन गर्नुपरेको बताएका छन्।

इट्टा भट्टा पीडित मूल संघर्ष समितिका अध्यक्ष मुकुन्द प्रसाद घिमिरेले २०७२ सालमा सर्वदलीय बैठकद्वारा चन्द्रागिरि नगरपालिका भित्रका सम्पूर्ण इट्टा उद्योगहरु बन्द गराउने निर्णय भएको र नगरपालिकाले हटाउन पत्राचार गरेपनि अहिले सम्म नहटेकोले आन्दोलन गर्नुपरेको बताए। उनले इट्टा उद्योगको विरोध नभई त्यसबाट स्थानीयहरुको स्वास्थ्यमा पारेको असरको विरोध भएको समेत बताए।

संयोजक घिमिरेले नगरपालिकाले इट्टा उद्योग बन्द गर्न चासो नदेखाएको आरोप समेत लगाए। उनले इट्टा उद्योगका कारण त्यस क्षेत्रको वातावरण समेत विग्रिएको बताए। चन्दागिरि नगरपालिका भित्र १४ वटा इट्टा उद्योगहरु सञ्चालनमा रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .