ad ad

कारोबार


आगामी आर्थिक वर्षको बजेट संसदबाट बहुमतले पारित

आगामी आर्थिक वर्षको बजेट संसदबाट बहुमतले पारित

नेपालखबर
असार १०, २०७६ मंगलबार ९:३३,

 संघीय संसदले आगामी आर्थिक वर्षका लागि अर्थमन्त्री डा. युवराज खतिवडाले ल्याएको बजेट संसदबाट बहुमतले पारित भएको छ।

गत जेठ १५ मा संसदमा अर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्ष २०७६÷०७७ का लागि सरकारले आगामी आर्थिक वर्षको लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो।

त्यसलगत्तै संसदमा बजेट छलफल भएको थियो। यसक्रममा सांसदले उठाएका सवालको जवाफ अर्थमन्त्री खतिवडाले दिएका थिए। त्यसपछि मन्त्रालयगत छलफल र मन्त्रीहरुको जवाफपछि बजेट निर्णयार्थ पेस भएकोमा मंगलबार बहुमतले विनियोजन विधेयक पारित भएको हो।

आगामी आवका लागि सरकारले छुट्याएको कुल बजेटमध्ये चालूतर्फ ९ खर्ब ५७ अर्ब १० करोड ५४ लाख अर्थात् ६२.४ प्रतिशत बजेट विनियोजन गरेको छ। त्यस्तै पुँजीगततर्फ ४ खर्ब ८ अर्ब ५९ लाख अर्थात् २६.६ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ १ खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख अर्थात् ११ प्रतिशत बजेट विनियोजन गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .