ad ad

कारोबार


पोखरा सडक महोत्सव १२ गतेदेखि

पोखरा सडक महोत्सव १२ गतेदेखि

नेपालखबर
पुस ६, २०७६ आइतबार ८:४९,

रेस्टुरेन्ट एण्ड बार एसोसिएसन (रेबान) पोखराले पोखरा सडक महोत्सव आयोजना गर्ने भएको छ। पोखराको पर्यटन प्रवर्द्धन र विकासमा सहयोग पुर्याउने उद्देश्यसहित रेबान पोखराले पुस १२ देखि १६ गतेसम्म ‘२१औं पोखरा सडक महोत्सव २०१९/२०’ आयोजना गर्न लागेको हो।

रेबान पोखराले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महोत्सव आयोजना गर्न लागिएको जानकारी गराएको हो। सम्मेलनमा सडक महोत्सवका संयोजक तथा रेस्टुरेन्ट एण्ड बार एसोसिएसन (रेबान) पोखराका उपाध्यक्ष लक्ष्मण बरालले सातै प्रदेश र पोखरा सेरोफेरोका सांस्कृतिहरु महोत्सवको मुख्य आकर्षण हुने बताए।

उनले ‘सडकमै खाऔं, सडकमै रमाऔं’ भन्ने नारासहित पर्यटकीय केन्द्र लेकसाइडको तीन किलोमिटर सडक क्षेत्रमा महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए।

महोत्सवको मुख्य आकर्षणमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सांस्कृतिक कार्यक्रम, खानाका परिकारहरु, मनोरञ्जनात्मक खेलकुद, हस्तकला प्रदर्शनी लगायत रहेको छ । महोत्सवले भ्रमण वर्ष २०२०मा सरकारले राखेको २० लाख पर्यटक भित्र्याउने लक्ष्य पुरा गर्न समेत सहयोग पु¥याउने विश्वास आयोजकको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .