मेलम्ची खानेपानी आयोजनाले काठमाडौँ उपत्यकामा पानीको पुन: वितरण सुरु गरेको छ। खानेपानीमन्त्री उमाकान्त चौधरीले आज तेस्रो चरणको मेलम्चीको पानी वितरण शुभारम्भ गरेका हुन्।
मन्त्री चौधरीले पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सपना पुनः पूरा गरेको बताए। उनले ठूलो बाढीले क्षतविक्षत बनेको मेलम्ची अस्थायी भए पनि पानी ल्याइएको बताए।
फेरि ठूलो बाढी आउने डरका कारण वर्षातमा सुरुङ बचाउन पानी बन्द गरिएको उनले बताए।
उनले अब अस्थायी रूपमै भए पनि बाह्रै महिना मेलम्चीको पानी पुर्याउने दाबी गरेका छन्।
खानेपानी मन्त्रालयका सचिव मनिराम गेलालले निर्वाध रूपमा सञ्ञ्चालन गर्नुपर्नेमा ठूलो बाढी आउँदा अवरोध भएको बताए।
सचिव गेलालले हरेक वर्ष वार्षातमा बन्द नहुने गरी काम गरिरहेको बताए।
सामान्य बाढी आउँदा नरोकिनेगरी काम गरिरहेको उनको भनाइ छ। उनले सुन्दरीजलको ट्रिटमेन्ट प्लान्ट केयूकेलको लिनुपर्ने बताए।
‘९० दिन अहिलेकै व्यवस्थापन गर्ने छ। त्यसपछि केयूकेलले नै जिम्मेवारी लिनुपर्छ’, गेलालले भने।
सरकारले गत आर्थिक वर्ष २०७८/७९मा घोषणा गरेबमोजिम मेलम्चीको पानी पथान्तरण गरी गत वैशाख ११ गतेदेखि अस्थायी संरचनाबाट वितरण भएकोमा मनसुन सुरु भई बाढीपहिरोले आयोजनाको हेड बक्समा हुने सम्भावित क्षतिलाई विचार गर्दै विज्ञको सल्लाहबमोजिम जेठ १८ गते सुरुङमा पानी पठाउने ढोका बन्द गरिएको आयोजनाले जनाएको छ।
अयोजनाका अनुसार मेलम्ची खोलामा यो वर्ष आएको सामान्य बाढीले हेडबक्स क्षेत्रसम्म पुग्ने पहुँचमार्गमा क्षति गरेको थियो।
हाल आयोजनाले अस्थायी संरचनाबाट सुन्दरीजलमा पानी झारेर उपत्यकाका १० वटा पानी भण्डारण केन्द्रमा पठाइसकेको छ।
केयूकेएलका उपकार्यकारी अधिकृत ज्ञानेन्द्र बहादुर कार्कीले ५ करोड ८३ लिटर भण्डारण क्षमता रहेको बताए।
मेलम्ची खानेपानी निर्देशनालयका कार्यकारी निर्देशक राजेन्द्र सापकोटाले १ हप्तामामा जोडिएको ठाउँमा पुग्ने जानकारी दिए।
Shares
प्रतिक्रिया