ad ad

कारोबार


सनिगाड हाइड्रो लिमिटेडको साधारण सेयर निष्काशन प्रबन्धकमा सनराइज क्यापिटल

सनिगाड हाइड्रो लिमिटेडको साधारण सेयर निष्काशन प्रबन्धकमा सनराइज क्यापिटल

नेपालखबर
मंसिर २५, २०७९ आइतबार २०:१९, काठमाडौँ

बझाङ जिल्लामा आयोजना क्षेत्र रहेको सनिगाड हाइड्रो लिमिटेडको साधारण सेयर निष्काशन गर्न सनराइज क्यािपटल लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ।

सनिगाडले सर्वसाधारणको लागि रु.१०० अंकित दरको साधारण शेयर ६७ लाख ५० हजार कित्ता (आयोजना प्रभावित क्षेत्रका स्थानियवासी, नेपाल सरकारको सम्बन्धित नियकाबाट श्रम स्वीकृति लिई विदेशमा रोजगारी गरिरहेका नेपाल नागरिकहरु तथा सर्वसाधारण समेत) का लागि सेयर निष्काशन गर्ने भएको छ।

साधारण सेयर निष्काशन कार्यको लागि कम्पनीको तर्फबाट अध्यक्ष राजेश कुमार श्रेष्ठ तथा सनराइज क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठकाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

जारी पूँजी रु.२ करोड २५ लाख रहेको सनिगाड हाइड्रो लिमिटेडको विद्युत उत्पादनको क्षमता ३८.४६ मे.वा. रहेको छ। उक्त कम्पनीको आयोजना निर्माण कार्य सम्पन्न भई केही साता भित्र विद्युत उत्पादन हुने कम्पनीले जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .