ad ad

कारोबार


गभर्नर अधिकारीले गत वर्ष बुझे ४९ लाख तलब र भत्ता

गभर्नर अधिकारीले गत वर्ष बुझे ४९ लाख तलब र भत्ता

नेपालखबर
पुस १२, २०७९ मंगलबार १६:८, काठमाडौँ

राष्ट्र बैंकका गभर्नरले एक वर्षमा कति तलब र सुविधा पाउलान्? जिज्ञासा हुनसक्छ। 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदनले यसको समाधान दिन्छ। 

प्रतिवेदनअनुसार गभर्नर महाप्रसाद अधिकारीले गत आवमा तलब, भत्ता र अन्य सुविधाबाट ४९ लाख रुपैयाँ बुझेका छन्। 

तलबबाट मात्रै उनले गत वर्ष १४ लाख १८ हजार ४ सय रुपैयाँ बुझेको देखिएको छ भने ३ लाख ५ हजार रुपैयाँ बोर्ड बैठक भत्ता लिएको देखिएको छ। त्यस्तै अन्य सुविधाअनुसार उनले ३१ लाख ८१ हजार ८ सय ५५ रुपैयाँ लिएका छन्। 

यो भनेको कुल उनले एक वर्षमा पाएको ४९ लाख ५ हजार २ सय ५५ रुपैयाँ हो। 

राष्ट्र बैंकको बोर्ड सदस्यले बैठक भत्तामात्रै प्रतिबैठक ९ हजार रुपैयाँ लिने गरेका छन्। जुन ०७८ मंसिर १ बाट यसअघि ५ हजार रहेको भत्ता रकम ९ हजार पु¥याइएको हो। त्यस्तै गैरकार्यकारी बोर्ड सदस्यले इन्धन, गाडी मर्मत, टेलिफोन, पत्रपत्रिका, इन्टरनेट, ड्राइभर र औषधिको सुविधा पाउँछन्। 

प्रतिवेदनअनुसार गैरकार्यकारी बोर्ड सदस्यले तलब नपाए पनि बैठक भत्ता र अन्य सुविधाको उपभोग गर्ने गरेका छन्। त्यस्तै कार्यकारी सदस्यतर्फ डेपुटी गभर्नर निलम ढुंगानाले गत वर्ष १२ लाख ६९ हजार ६ सय तलब, २ लाख ७३ हजार बोर्ड बैठक भत्ता र २७ लाख १७ हजार ५ सय १३ रुपैयाँ अन्य सुविधाअनुसार पाएकी छिन्। 

अर्का डेपुटी गभर्नर बम बहादुर मिश्रले गत आवमा १२ लाख ६९ हजार ६ सय तलब, २ लाख ९६ हजार बैठक भत्ता र २६ लाख ३६ हजार ४ सय १७ रुपैयाँ अन्य सुविधाअन्तर्गत पाएको देखिएको छ। 

कसको कति?

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .