ad ad

कारोबार


बुद्धले पोखराको नयाँ विमानस्थलबाट उडान गर्ने, ३ नयाँ एटीआर–७२ जहाज ल्याउँदै

बुद्धले पोखराको नयाँ विमानस्थलबाट उडान गर्ने, ३ नयाँ एटीआर–७२ जहाज ल्याउँदै

फाइल तस्बिर


नेपालखबर
पुस १३, २०७९ बुधबार १२:२५, काठमाडौँ

जनवरी १ देखि बुद्ध एयरको सबै उडान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने भएको छ। यसका लागि कम्पनीले यात्रुलाई निश्चित समयमा चेक–इनका लागि अनुरोध गरेको छ। 

पोखरामा नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थल अंग्रेजी वर्ष २०२३ को १ जनवरीदेखि सञ्चालनमा आउन लागेको हो। नयाँ विमानस्थल भौतिक पूर्वाधारले निकै राम्रो रहेको छ। यस विमानस्थलमा आइएफआर प्रविधि पनि जडान गरिएको छ। अब कम भिजिविलिटीमा पनि उडान भर्न सकिन्छ।

नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्ना सबै उडान भर्न पूरा तयारी गरेको बुद्ध एयरले जनाएको छ। यस विमानस्थलमा यात्रुलाई टर्मिनल भवनबाट जहाजसम्म ल्याउन पुर्‍याउन र्‍याम्प बस राखेको छ। यात्रुहरु जहाज र टर्मिनल भवन आउजाउ गर्न र्‍याम्प बसको प्रयोग गर्नुपर्ने हुन्छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरका लागि चेक–इन काउण्टर नं. ३, ४ र ५ तोकिएको छ।

लगेजको तौल तथा सुरक्षा चेकजाँचमा समय लाग्ने हुँदा समयमै यात्रुलाई चेक–इन गर्न बुद्ध एयर अनुरोध गरेको छ। 

नयाँ विमानस्थलमा अभ्यस्त हुन केही समय लाग्ने हुँदा पोखराबाट यात्रा गर्ने यात्रुहरु टिकटमा उल्लेख गरिएको समयभन्दा २ घण्टाअगावै विमानस्थल पुगि चेक–इन गर्न बुद्ध एयरले विशेष आग्रह गरेको छ। 

बुद्ध एयर यस विमानस्थलबाट काठमाडौं जस्तै देशका हरेक गन्तव्यलाई क्रमशः जोड्दै लाने विज्ञप्तिमार्फत जनाएको छ। नागरिक प्राधिकरणको अनुमतिमा २३ फेब्रुअरी देखि रात्रिकालीन उडान पनि गर्नेछ। 

अन्तर्राष्ट्रियतर्फ अनुमति पाएलगत्तै बुद्ध एयर पोखराबाट भारतको वाराणसी पनि उडान भर्नेछ। बुद्ध एयरसँग ११ वटा एटीआर–७२, ३ वटा एटीआर–४२ जहाज रहेको छ। निकट भविष्यमै बुद्ध एयरले थप ३ वटा एटीआर–७२ भित्र्याउन लागेको कम्पनीले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .