बीवाईडीको आधिकारिक वितरक साइमेक्स इन्कले कम्पनीको ब्रान्ड दूत हरिवंश आचार्यलाई बीवाईडी अट्टो ३ डेलिभरी गरेको छ।
कम्पनीले कलाकार आचार्यलाई भर्खरै बजारमा ल्याएको गाडी हस्तान्तरण गरेको हो। अट्टो ३ नेपालमा पहिलो स्पोर्टी इलेक्ट्रिक एसयूभी हो।
बीवाईडी अट्टो ३ मा शक्तिशाली विद्युतीय मोटर, अल्ट्रा सेफ ब्लेड ब्याट्री र स्पोर्टी डिजाइनले भरिपूर्ण छ। यसमा ५० मिनेटमै ८० प्रतिशत चार्ज हुने फास्ट चार्जिङ सुविधा रहेको छ भने ४२० किमि रेन्ज रहेको छ। ६०.४८ किलोवाट आवरको उच्च ब्याट्री क्षमता रहेको गाडीको ७.३एस एक्सिलेरेसन टाइम छ।
कम्पनीकी मेनेजिङ डाइरेक्टर यमुना श्रेष्ठले बीवाईडी अट्टो ३ आचार्यलाई दिन पाउँदा खुसी लागेको बताइन्। उनले विद्युतीय एसयूभीको शक्तिशाली प्रस्तुति, शान्त र स्मुद यात्रामा निर्धक्क हुन ग्राहकहरुलाई आग्रह गरिन्।
बीवाईडी अट्टो ३ पाएपछि आचार्यले यसले कार्बनशून्य साधनबाट वातावरण संरक्षणमा योगदान मिल्ने बताए।
बीवाईडीले विश्वभर २ लाख २९ हजार २० युनिट गाडी २०२२ को डिसेम्बरसम्म डेलिभर गरिसकेको छ। यो गाडी २०२२ को फेब्रुअरीमा लन्च गरेको थियो।
Shares
प्रतिक्रिया