ad ad

कारोबार


भ्रमण वर्ष उद्घाटनका लागि आएका चार समकक्षीलाई पर्यटनमन्त्रीको स्वागत

भ्रमण वर्ष उद्घाटनका लागि आएका चार समकक्षीलाई पर्यटनमन्त्रीको स्वागत

नेपालखबर
पुस १५, २०७६ मंगलबार १२:२०,

नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन समारोहमा सहभागी हुन आएका चार देशका पर्यटनमन्त्रीलाई योगेश भट्टराईले स्वागत गरेका छन्।

चीनका वाङ साओफेङ, भारतका प्रह्लाद सिंह पटेल, मेन्मारको यू ओन माउंग र जमैकाका एडमन्ड ब्राटलटलाई मन्त्री भट्टराईले स्वागत गरेका हुन्।

भ्रमण वर्षको उद्घाटन बुधबार दिउँसो ४ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन् भने प्रधानमन्त्री केपी शर्मा ओलीले विशिष्ट अतिथिको रुपमा मन्तव्य दिनेछन्।

उद्घाटन समारोहमा सामाजिक संघ÷संस्था, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायतले मार्च पास र संस्कृति झल्किने झाँकीसहित संगीतिक प्रस्तुति समेत दिनेछन्।

त्यस्तै, विदेशस्थित नेपाली कूटनीतिक नियोगमा समेत जनवरी ७ मा भ्रमण वर्षको उद्घाटन कार्यक्रम राखिएको छ। यसबाहेक बुधबार काठमाडौंसहित सबै प्रदेशमा समेत भ्रमण वर्ष उदघाटन हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .