मोलुङ्ग हाइड्रोपावर कम्पनीले जारी गरेको प्राथमिक निष्काशन (आईपीओ)मा १४ लाख ८७ हजार ५८४ जनाले आवेदन दिएका छन्।
कम्पनीले फागुन ४ गतेदेखि निष्कासन गरेको आईपीओमा अन्तिम दिन आज (फागुन १० गते कार्यालयसमय)सम्म १४ लाख ८७ हजार ५८४ जनाले आवेदन दिएका हुन् ।
सिडिएस एण्ड क्लियरिङ्का अनुसार आईपीओमा १ अर्ब ६५ करोड ९० लाख १७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ।
कम्पनीले सर्वसाधारण लगानीकर्ताको लागि २२ करोड ६४ लाख रुपैयाँ बराबरको २२ लाख ६४ हजार कित्ता बिक्री गरेको छ ।
धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिकाअनुसार गोलाप्रथा माध्यमबाट कम्पनीको आईपीओ बाँडफाँड हुँदा न्यूनतम १० कित्ताको दरले आईपीओ वितरण हुनेछ। त्यसअनुसार २ लाख २६ हजार ४६५ जनाले मात्रै आईपीओ हात पार्नेछन् ।
30
Shares
प्रतिक्रिया