सिद्धार्थ बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कुष्ठरोग निवारण संघलाई रू ८० हजार आठ सय प्रदान गरेको छ।
संघले बैंकबाट प्राप्त उक्त रकम कुष्ठरोगबाट प्रभावित सदस्यका शिक्षाका लागि उपयोग गर्नेछ। आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यक्रमहरुमा निरन्तर सहभागिता जनाउदै जाने योजना रहेको बैंकले जानकारी गराएको छ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले देशभर १५६ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा, १६९ एटीएम र १,३०० भन्दा बढी पीओएस मेसिनमार्फत् उच्चस्तरीय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ।
प्रतिक्रिया