ad ad

कारोबार


राजमार्गदेखि रेलमार्गसम्म : परियोजना निर्माणमा रमनको सफलता

राजमार्गदेखि रेलमार्गसम्म : परियोजना निर्माणमा रमनको सफलता

नेपालखबर
पुस १८, २०७६ शुक्रबार ८:२२,

देशका विभिन्न क्षेत्रमा वर्षौँदेखि परियोजनाहरु म्याद नाघेर अलपत्र परिरहेका बेला रमन कन्स्ट्रक्सनले भने सफलता पाएको छ। आफूले पाएका केही आयोजनाहरु समयमै सम्पन्न गरेका कारण ठेकेदार कम्पनीको चर्चा बढेको हो।

पछिल्लो समय जनकपुर उपमहानगरपालिकाले आफ्ना भित्री सडकको जिम्मा रमनलाई दिएको थियो। करिब एक वर्ष अवधिमा सक्नुपर्ने उक्त जिम्मेवारी कम्पनीले समय अवधि सकिनुअगावै सम्पन्न गरेको हो। काठमाडौंमा पनि मेलम्ची खानेपानी पाइपलाइनको काम रमनले समयमा नै सम्पन्न गरेको छ भने तोकिएकै समयमा बहुचर्चित जनकपुर–बर्दिबास रेलमार्गको ट्रयाकको निर्माण सकेको छ।

कसरी सम्भव भयो त ? नेपालखबरको प्रश्नमा कम्पनीका प्रशासकीय अधिकृत दीपक क्षेत्री भन्छन्, ‘यो सबै काम गर्ने शैली र लगनशीलताको उपज हो।’

उनले काठमाडौंमा मेलम्चीको प्रोजेक्टको डिस्ट्रिब्युसन लाइनको तीनवटा प्याकेज सम्पन्न गरिसकेको जानकारी दिए। यसबाहेक मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्गमा विभिन्न प्याकेजमा काम गरेको उनको भनाइ छ।

उनी भन्छन्, ‘हामीले करिब ८ सय किलोमिटरका सडक निर्माण गरिसकेका छौं । महेन्द्र राजमार्गमै करिब ३ सय किलोमिटको काम गरिसकेका छौं।’ त्यस्तै कम्पनीले रानी विराटनगर ४ लेनको बाटो निर्माण गरेको छ भने बागमतीमा ढल व्यवस्थापनको लागि काम गरिरहेको छ।

धरहरामा उच्च प्राथमिकताका साथ काम
कम्पनीले राष्ट्रिय गौरवको धरहरालाई प्राथमिकतामा राखेर काम गरिरहेको छ। कम्पनीका अनुसार हाल दैनिक रुपमा ३ सय ५० जनाले उक्त परियोजनामा काम गरिरहेका छन्। धरहरा निर्माणको लागि पुनर्निर्माण प्राधिकरण र निर्माण कम्पनीबीच १३ सेप्टेम्बर २०१८ मा सम्झौता भएको थियो। त्यो सम्झौताअनुसार दुई वर्षभित्र निर्माण गरिसक्नुपर्ने उल्लेख छ।

dharahara sketch 4

सोहीअनुसार निर्माण सुरु तोकिएकै मितिमा सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेको छ। २०२० अक्टोबरभित्र धराहरा टावरको सम्पूर्ण काम सम्पन्न हुनेछ। अहिले ३३ प्रतिशत भौतिक रुपमा काम सम्पन्न भएको २४ प्रतिशतचाहिँ फाइनान्स पक्षको काम सम्पन्न भएको छ। चार कम्पोनेन्टअन्तर्गत धरहराअन्तर्गतको तुई तल्लाको अण्डर ग्राउण्ड दुईतल्ला र माथि तीन तल्ला निर्माण भएको छ।

अर्को पार्किङको पनि काम अघि बढिरहेको छ। अन्य वालहरुको पनि काम भइरहेको छ। म्यूजियम र क्यान्टिन ब्लक रहेको छ। त्यो काम पनि अघि तयारीमा छ। कम्पनीका अनुसार चार कम्पोनेन्टको काम गर्ने हो। त्यसमा पनि सबैभन्दा मुख्यचाहिँ धरहरा टावर निर्माण नै हो।

पछिल्लो समय राम्रो काम गरिरहेको यो कम्पनीले ‘बेष्ट कन्ट्रक्सन कम्पनी अवार्ड’ समेत पाएको छ। भारतको कन्स्ट्रक्सन म्यागेजिन र नेपाल निर्माण व्यवसायी महासंघबाट कम्पनीले नेपालको सबैभन्दा ठूलो, वार्षिक टर्नओभर धेरै भएको, सीएसआरमार्फत संघ/संस्थाहरूलाई सहयोग, भौतिक संरचनामा प्रविधिको सहयोग र कन्स्ट्रक्सन क्षेत्रमा नयाँ कन्सेप्ट ‘कन्स्ट्रक्सन मार्ट’ ल्याएबापत अवार्ड पाएको हो।

रमन कन्स्ट्रक्सन रमन ग्रुप अफ कम्पनिजअन्तर्ग अनौपचारिक रूपमा ४० वर्षअघि सुरु भएको थियो। यो कम्पनी सन् १९९१ मा दर्ता भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .