सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड बनाएको छ।
आइतबार बजारमा प्रतितोला १ लाख १० हजार रुपैयाँमा सुनको कारोवार भइरहेको छ।
शुक्रबार १ लाख ७ हजार १०० मा कारोवार भएको सुनमा आइतबार २ हजार ९०० ले वृद्धि भएको हो।
यसअघि गएको माघ १९ मा सुन १ लाख ७ हजार ५०० मा कारोवार भएको थियो, जुन रेकर्ड आइतबारको मूल्यवृद्धिसँगै तोडिएको हो।
आज तेजावी सुन १ लाख ९ हजार ५०० मा कारोवार भइरहेको छ।
आइतबार चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेको छ। आज चाँदीको मूल्य १ हजार ३१० रुपैयाँमा कारोवार भइरहेको छ।
27
Shares
प्रतिक्रिया