बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १५.७६ अंकको गिरावट आएको छ । घटेको बजारमा कारोबार रकम भने बढेको हो।
आज १ अर्ब ३० करोडको कारोबार भएको छ। आज कारोबारमा आएका २९ कम्पनीको सेयरमूल्य बढ्दा १७९ कम्पनीको घटेको छ। आधा दर्जन कम्पनीको कारोबार स्थिर नै छ।
प्राथमिक सेयर (आईपीओ) सूचीकृत गरेको पहिलो कारोबार दिन मायाखोला हाइड्रोपावरको सेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ।
नेप्सेमा नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक ९ करोड १९ लाख र एनआईसी एशिया बैंकको ८ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ।
15
Shares
प्रतिक्रिया