नेपाल धितोपत्र बोर्डले २५ करोड रुपैयाँसम्म चुक्ता पुँजी भएका कम्पनीको छुट्टै इन्डेक्स बनाउने गरी मस्यौदा तयार पारेको छ।
बोर्डले ‘साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबार सम्बन्धी नियमावली, २०७९’ अनुसार नियमावली संशोधनको लागि मस्यौदा तयार पारेको हो।
उक्त मस्यौदामा २५ करोडसम्म चुक्ता पुँजी भएका कम्पनी एसएमई इन्डेक्समार्फत कारोबार हुने उल्लेख छ। तर, नियमावली पारित भने भइसकेको छैन।
यस इन्डेक्समा रहने संस्थाले जारी पुँजीको कम्तीमा ३० प्रतिशत र बढीमा ४९ प्रतिशत सेयर जारी गर्नुपर्ने भएको छ।
एसएमई इन्डेक्समा आवद्ध संस्थाले प्रिमियममा आईपीओ निष्काशन गर्न पाउनेछन्।
साथै बोर्डले यस्ता कम्पनीलाई हकप्रद समेत निष्काशन गर्न पाउने व्यवस्था रहेको जनाएको छ।
यस्तो इन्डेक्समा रहने कम्पनीले आईपीओ जारी गर्दा सर्वसाधारण बाहेक सर्वसाधारण समूहको लागि जारी गरेको सेयर पाँच वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था गरिएको छ।
यता प्राइभेट इक्विटी, भेन्चर क्यापिटल र हेज फण्ड वा यस्ता प्रकारका कोषले सार्वजनिक निष्काशन गरी बाँडफाँट भएको इक वर्ष पश्चात मात्र सेयर बिक्री गर्न पाउने उल्लेख छ।
Shares
प्रतिक्रिया