ad ad

कारोबार


श्री एयरलाइन्सले शुक्रबारदेखि काठमाडौँ-भरतपुर उडान गर्ने, भाडा कति?

श्री एयरलाइन्सले शुक्रबारदेखि काठमाडौँ-भरतपुर उडान गर्ने, भाडा कति?

फाइल तस्बिर


नेपालखबर
असोज १७, २०८१ बिहिबार १९:३०, चितवन

श्री एयरलाइन्सले भोलिदेखि काठमाडौंँ-भरतपुर–काठमाडौँ रुटमा उडान भर्ने भएको छ।

कम्पनीले क्यू-४००-८ को ८० सिटे जहाजबाट उडान भर्न लागेको जनाएको छ। 

‘शुक्रबारदेखि चार्टर्ड उडान गरी असोज २३ गतेदेखि नियमित उडान गर्ने तयारी गरेका छौँ’, कम्पनीका कर्पोरेट निर्देशक अनिल मानन्धरले भने, ‘नियमित उडान सुरु भएपछि उक्त रुटमा दैनिक दुईवटा उडान हुनेछ।’

धावनमार्ग छोटो भएकाले जहाजका सबै सिटमा यात्रु लैजान सम्भव छैन। एकपटकमा ५० देखि ६० जना यात्रु उडान गर्ने तयारी छ।

उनका अनुसार एकतर्फी भाडा रु चार हजार पाँच सय राखिएको छ। अहिले भरतपुर-काठमाडौँ-भरतपुर रुटमा बुद्ध एयरले एटीआर-४२ मार्फत दैनिक नौवटा उडान भर्दै आएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .