ad ad

कारोबार


अब झापा र चितवनसम्मै पेट्रोलियम पाइपलाइन, १५ अर्ब खर्च गरिने

अब झापा र चितवनसम्मै पेट्रोलियम पाइपलाइन, १५ अर्ब खर्च गरिने

भारतले नेपालमा थप २ वटा पेट्रोलियम पाइपलाइन र भण्डारण बनाउन अनुदान दिने भएको छ (भारतीय दूतावास)


नेपालखबर
असोज १७, २०८१ बिहिबार १९:१३, काठमाडौँ

भारतले नेपालमा थप २ वटा पेट्रोलियम पाइपलाइन र भण्डारण बनाउन अनुदान दिने भएको छ।

भारतीय आयल कर्पोरेसन र नेपाल आयल निगमबीच यससम्बन्धी दोस्रो सम्झौता भएको हो। 

भारतको मोतिहारीदेखि नेपालको अमलेखगन्जसम्म पाइपलाइनबाटै पेट्रोलियम पदार्थ आइरहेको छ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको समयमा अमलेखगन्जको पाइपलाइन चितवनसम्म र पूर्वमा भारतको सिलिगुरीको पाइपलाइन झापाको चारआलीसम्म ल्याउने सम्झौता भएको थियो। 

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले अमलेखगन्जदेखि चितवन र सिलिगुरीबाट झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइन बनाउने विषयमा हस्ताक्षर भएको बताएका हुन्। 

‘नेपालमा थप २ वटा पाइपलाइन र चितवन र झापामा भण्डारण पनि भारतीय सहयोगमा बन्दै छन्’, श्रीवास्तवले भने, ‘आजै नेपाल आयल कर्पोरेसन र भारत आयल कर्पोरेसनबीच दोस्रो सम्झौता भएको छ।’

 भारतीय पेट्रोलियम तथा नेचुरल ग्यास मन्त्रालयका सचिव पङ्कज जैन तथा इन्डियन आयल कर्पोरेसनका अध्यक्ष भिसतिस कुमारको उपस्थितिमा  नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्ट र इन्डियन आयल कर्पोरेसन लिमिटेडका निर्देशक सेन्थल कुमारले सम्झौतामा हस्ताक्षर गरेका छन्। 

सम्झौताअनुसार भारतको सिलिगुरीबाट नेपालको झापास्थित चारआलीसम्म ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन निर्माण हुनेछ। साथै चारआलीमा १८ हजार ९ सय किलोलिटर क्षमताको भण्डारण निर्माण हुनेछ। 

अमलेखगन्जबाट चिवनको लोथरसम्म ६२ किमि लामो पेट्रोलियम पाइपलाइन परियोजना पनि भारत सरकारको अनुदानमा निर्माण हुनेछ।

लोथरमा ९१ हजार नौ सय किलोलिटर क्षमताको स्मार्ट ग्रिनफिल्ड टर्मिनल भारत सरकारको प्राविधिक सहयोगमा नेपाल आयल निगमले निर्माण गर्नेछ। 

यी आयोजनाको कुल लागत १५ अर्ब रुपैयाँबराबर रहेको निगमले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .