ad ad

कारोबार


काभ्रेको साँगामा हिमालयन बैंकको अपांगमैत्री एटीएम

काभ्रेको साँगामा हिमालयन बैंकको अपांगमैत्री एटीएम

नेपालखबर
चैत २७, २०७९ सोमबार १६:४५, काठमाडौँ

हिमालयन बैंक लिमिटेडले काभ्रे जिल्लाको साँगामास्थित स्पाइनल इन्जरी पुनर्स्थापना केन्द्रमा पहिलो अपाङ्गमैत्री एटीएम सञ्चालनमा ल्याएको छ। 

सबैको लागि बैंक, सबैका लागि बैंकिङ्ग सुबिधा  भन्ने उद्देश्यले बैंकले सो स्थानमा आफ्नो एटीएम सुरु गरेको हो।

बैंकको एटीएमको उद्घाटन २०७९ चैत २४ गते शुक्रबारका दिन स्पाइनल इन्जरी पुनर्स्थापना केन्द्रको २१औँ वार्षिक उत्सवको उपलक्ष्यमा आयोजित एक समारोहको बीच बनेपा नगरपालिकाका मेयर शान्ति रत्न शाक्य, हिमालयन बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ र स्पाइनल इन्जरी पुनर्स्थापना केन्द्रका अध्यक्ष डा. शान्ता दीक्षितले गरेका हुन्। 

सो समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर ज.ब.रा लगायत बैंक तथा उक्त संस्थाका  उच्चपदस्थका कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो।

हाल बैंकले देशभरि रहेका १८९ शाखाहरु, २० वटा विस्तारित काउन्टर र २६३ भन्दा बढी एटीएम हरुबाट आफ्ना ग्राहकवर्गहरुलाई सेवा प्रदान गर्दै आएकोे छ ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .