ad ad

कारोबार


घट्यो विजय डिस्टिलरीको सञ्चालन आय, २ अर्ब ८ करोडको मदिरा बिक्री

घट्यो विजय डिस्टिलरीको सञ्चालन आय, २ अर्ब ८ करोडको मदिरा बिक्री

नेपालखबर
चैत २७, २०७९ सोमबार १९:१६, काठमाडौँ

विजय डिस्टिलरीको सञ्चालन आम्दानीमा घटेको छ। जाउलाखेल ग्रुपअन्तर्गतको कम्पनीले गत वर्ष २ अर्ब ८ करोड रुपैयाँको मदिरा बिक्री गरेको हो। 

कम्पनीको गत आर्थिक वर्षमा कर, ब्याजसहितको नाफामा पनि गिरावट आएको छ। यस्तो नाफा ८.९ प्रतिशतमा सीमित भएको छ। 

आर्थिक वर्ष २०७७/०७८ मा भने २ अर्ब ६७ करोड रुपैयाँ आम्दानी गरेको थियो। उक्त वर्ष १७ प्रतिशत नाफा गरेको थियो। 

आर्थिक वर्ष २०७६/०७७ मा १ अर्ब ५४ करोड रहेको थियो। आथिक वर्ष २०७४/०७५ मा ३ अर्ब ६६ करोड रुपैयाँ आम्दानी गरेको थियो। 

विजय डिस्टिलरीले रुस्लान भोड्का, ब्लु डाइमन्ड जीन र गोल्डेन ओक बिक्री गर्दै आएको छ। कम्पनीको ब्लु डाइमन्ड र गोल्डेन ओकको व्यापारमा वृद्धि हुँदा रुस्लान भोड्काको घटेको छ। 

करिब ४ दशकदेखि कम्पनीले मदिरा उत्पादन र वितरण गर्दै आएको छ। विजय कुमार शाह कम्पनीका अध्यक्ष तथा प्रबन्धनिर्देशक रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .